काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायन्स फाइनान्स लिमिटेडको नाफा ३७.३० प्रतिशतले बढेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ३७.३१ प्रतिशतले बढेर १२ करोड ४० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९ करोड ३ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिसम्म कम्पनीले १० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा ३३.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी १६ करोड १ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन ३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कम्पनीको रिजर्भको आकार पनि ९०.४१ प्रतिशतले बढेर ४६ करोड ५ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २३ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.९१ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) २१.०७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५५.३२ रुपैयाँ रहेको छ।