काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको छ। 

कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र खाँदबारी शाखामा शाखा प्रमुखका आवेदन खुला गरेको छ। 

यसैगरी प्रदेश २ को जलेश्वर र यधुकोहा, बागमती प्रदेशको हाकिमचोक भरतपुर तथा गण्डकी प्रदेशको बिरौटा पोखरास्थित शाखाका लागि पनि शाखा प्रमुखको आवेदन खोलेको छ। 

कम्पनीको लुम्बिनी प्रदेशका भने बर्दघाट, सन्धिखर्क, मणिग्राम, श्रीनगर, लिवाङ र भालुवाङ शाखामा पनि शाखा प्रमुख आवेदन दिन सकिनेछ। त्यस्तै कर्णाली प्रदेशको मेहलकुना तथा सुदूरपश्चिम प्रदेशको झलरी र भजनी शाखामा शाखा प्रमुखका लागि कम्पनीले आवेदन खोलेको छ। 

शाखा प्रमुख आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। 

इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको ७ दिनभित्र jobs@relifeinsurance.com मा निवेदन पठाउन कम्पनीले आग्रह गरेको छ। निवेदनमा आफूले आवेदन दिन चाहेको शाखा र उपशाखा खुलाउन पनि कम्पनीले अनुरोध गरेको छ।

हाल कम्पनीले देशका विभिन्न ९७ शाखा तथा उपशाखामार्फत ग्राहकलाई जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको छ।