काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले विशेष साधारणसभा यही असार २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीको अधिकृत पुँजीवृद्धि गर्ने अजेन्डा अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्रमा पुँजीवृद्धि एवं अन्य व्यवस्थाहरुसमेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै बुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ। 

पुँजीवृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिन र प्राप्ति प्रयोजनका लागि थर्नुपर्ने सम्पूर्ण प्रक्रिया गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।