काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाद्वारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्। 

दाकिपा शेर्पा पेसाले क्लाइम्बिङ गाइड हुन्। उनको स्थायी ठेगाना सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ हो। उनी क्लाम्बिङ सिजनमा ट्रेकिङ गाइडका रुपमा काम गर्न भने अफ सिजनमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध भई काम छन्। 

विशेषगरी कोरोना महामारीको समयमा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्ससँग जोडिन पुगेका थिए। उनले गत वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए। 

सगरमाथा आरोही शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्सले आज एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रीय कार्यालयमा उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ। उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरेका थिए। ‘तपाइँजस्तो युवाले आज देशको नाम विश्वको कुना–कुनामा सगरमाथासँगै अगाडि बढाउनुभएकोमा हामी रिलायन्स लाइफ इन्स्योरेन्स परिवार हृदयदेखि नै सम्मान र धन्यवाद दिन्छौँ’, उनले भने, ‘तपाइँको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल हुनुभएकोमा हामी अत्यन्तै आभारी छौँ। आगामी दिनमा तपाइँले अगाडि बढ्ने बाटोमा रिलायन्स लाइफ इन्स्योरेन्स सदैव साथ रहनेछ र सहयोग गर्ने विश्वास दिलाउन चाहन्छौँ।’ 

शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमाकर्मी हुन्। ‘मलाई विश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराउन पाउँदा असाध्यै खुसी लागेको छ। त्यो क्षणमा मैले सबै थकाइ बिर्सेछु’, शेर्पाले भने। 

सम्मान कार्यक्रममा कम्पनीका सम्पूर्ण कर्मचारी, सञ्चालक समितिका सदस्य एवं मिडियाकर्मीहरुको बाक्लो उपस्थिति थियो। 

कार्यक्रममा शेर्पालाई रु. ५० लाखबराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्वारा सम्मान गरिएको थियो। ‘यस शेर्पालाई सम्मान गर्न पाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स गर्व गर्दछ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले भने।