काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ। 

रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको  सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा विशेषगरी कम्पनीको आगामी १ वर्षभित्र गर्नुपर्ने काम, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तर्क्रिया भएको थियो।

रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका १२४ शाखा र केन्द्रीय कार्यालयबाट चितवनमा जम्मा सम्पूर्ण कर्मचारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले स्वागत गर्दै कम्पनीका लागि उच्च व्यावसायिक विचार र लक्ष्य बोकेर एकै उद्देश्यका लागि एकै ठाउँमा भेला भई आगामी वर्षको योजनामा गहन छलफल र सझाव  कम्पनीको आगामी व्यायसायिक रणनीतिका लागि एक कोशेढुंगा हुने बताए। 

कार्यक्रममा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यावसायिक रणनीति र विगत वर्षको व्यावसायिक समीक्षा गरेका थिए। 

दुई दिनसम्म चलेको सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रीय कार्यालयका साथै बिभिन्न व्यावसायिक उपलब्धिका आधारमा समेत सम्मान गरिएको थियो। कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरुलाई व्यावसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो। 

रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखामार्फत जीवनबीमा सेवा प्रदान गर्दै आइरहेको छ।