काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङका लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ।

कम्पनीले धनगढीस्थित केजी हस्पिटल, अत्तरियास्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल लम्कीसँग पनि मेडिकल अन्डर राइटिङका लागि सम्झौता गरिएको हो। कम्पनीका ग्राहकलाई छिटोछरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनी उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ। 

सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललितबहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिको उपस्थिति थियो।