काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। 

सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई लम्की, महेन्द्रनगर हुँदै नेपालगन्ज पुगेर सम्पन्न भएको हो। 

कार्यक्रमबारे बोल्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले भने, ‘रिलायन्स साथीहरु कम्पनीका मेरुदण्डहरु हुनुहुन्छ, उहाँहरुले आफ्नो व्यावसायिक कार्यमा प्रदर्शन गर्नुभएको लगनशीलता, मेहनत तथा कार्यकुशलताको हामी हृदयबाटै प्रशंसा गर्दछौँ। उहाँहरुको अथक परिश्रमले गर्दा यस कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको छ। तसर्थ उहाँहरुको योगदानको कदर तथा पहिचान गर्दै हामीले देशभर सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छौँ र यसपालि सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मानका साथै उहाँहरुको सर्वाङ्गिण विकासमा पनि सहयोग पुग्नेछ भन्ने हिसाबले प्रशिक्षण पनि प्रदान गरेका छौँ।’

कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ता ‘रिलायन्स साथी’हरुलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिएबापत सम्मान गरिएको थियो। कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजिनेस अफिसर सन्दीप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति थियो।