काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार (असार ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ६.८४ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।
सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
6 minutes ago
36 minutes ago
46 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago