काठमाण्डौ । आईपीओ जारीको मुख्य अजेन्डासहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आज (असार ४ गते) डाकेको छ। 

सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले सर्वसाधारणका लागि छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

सोही सभाले सञ्चालक नियुक्तिको प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षण प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित हुनेछन्।