काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको गत वैशाख २५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका सर्वसाधारणलाई छुट्याइएको सेयरबाट कर्मचारीलाई जारी गर्ने सेयरसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ। हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव पनि सभामा राखिनेछ।
सभाले संस्थापक समूहका तर्फबाट सञ्चालक समितिमा प्रतनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। सभाले स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र तथा निमायवलीमा स.शोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
12 minutes ago
33 minutes ago
44 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago