काठमाण्डौ । गत आर्थिकको वर्षको चौथो त्रैमासमा रुरु जलविद्युत परियोजना लिमिटेड ७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको नाफा २४.१ प्रशितले बढेको हो। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो। 

यो अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा १६ करोड ६६ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको रिजर्भको आकार ११७.४७ प्रतिशतले बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिभर्जमा ६ करोड १४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ रहेको छ। पीई रेसियो ४३.८७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३२.७७ रुपैयाँ रहेको छ।