काठमाण्डौ । गत वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। आईपीओ बाँडफाँड भने गत वैशाख ३ गते गरिएको थियो।