काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको एकैपटक वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो भदौ ७ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को क्रमशः १५ औँ र १६ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सोही सभाले वार्षिक प्रतिवेदन, दुवै आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।