काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३९ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने थोरै घटेर ५ करोड ४८ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ११६.७५ प्रतिशतले बढेर १७ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ७ करोड ९३ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँ, पीई रेसियो ३४.१० गुणा र प्रतिसेयर नेटवर्थ १३८.३५ रुपैयाँ रहेको छ।