काठमाण्डौ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ। 

युरोपेली संघ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्ध सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो। रुसी विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध लगाइएको जानकारी गराएको छ। 

रुसले अमेरिकी राष्ट्रपतिसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्नसविरुद्ध पनि प्रतिबन्ध लगाएको छ।

आफ्ना प्रतिबन्धबाट अरु पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ। –बीबीसीबाट