काठमाण्डौ । जी–७ राष्ट्रहरु रुसी सुन आयातमा प्रतिबन्ध लगाउन सहमत भएका छन्।
जर्मनीमा आइतबार भएको जी–७ शिखर सम्मेलनमा यो नयाँ कडा प्रतिबन्ध लगाउन सहमति भएको हा। यो सहमति भएपछि बेलायत, अमेरिका, क्यानडा र जापानले अब रुसी सुनको आयात गर्न नपाउने भएका छन्।
युक्रेन संकटलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालिएको हो।
सुन रुसी निर्यातको प्रमुख हिस्सा हो। सन् २०२१ मा सुनले रुसको अर्थतन्त्रमा १२.६ बिलियन पाउन्ड योगदान गरेको थियो। पश्चिमी प्रतिबन्धहरुको आर्थिक प्रभावबाट बच्न धनीहरुले सुनको खरिददारी बढाएकोले हालैका महिनाहरुमा रुसी अभिजात्य वर्गका लागि यसको महत्व बढेको छ।
शिखर सम्मेलनमा भाग लिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘आज हामीले घोषणा गरेको उपायले पुटिनले थालेको युद्धलाई प्रत्यक्ष असर गर्नेछ।’
लन्डन सुनको व्यापारको केन्द्र हो। बेलायती प्रतिबन्धपछि यसले पुटिनको कोष जुटाउने प्रयासमा ठूलो प्रभाव पार्नेछ। यो प्रतिबन्ध रुसविरुद्ध लागू गरिएको विश्वकै पहिलो पहिलो प्रतिबन्ध हुनेछ। –एजेन्सी
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago