काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको फेरि उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।