काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको इक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यसको मतलब कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । 

२०७४ कार्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभर फैलिएका आफ्ना २५ वटाशाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यसअघि नै ब्राण्ड एम्बेसडरको रुपमा ’महजोडी’लाई अनुबन्धित गरिसकेको छ ।

अधिकृत पूँजी  रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.७५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीले  निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्तापूँजी रु.२.५० अर्ब पुर्याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकर तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।