काठमाण्डौ । आउँदो चैत ४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले थुप्रै कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ। 

कम्पनीले पाँचौँ तहदेखि १० दसैँ तहसम्मका लागि प्रशासनतर्फ २२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीको छैटौँतर्फ सबैभन्दा धेरै ९ जना कर्मचारी पदपूर्ति गर्न लागेको छ। यसमा एकजना आन्तरिक प्रतियोगिताबाट, ४ जना खुला र बाँकी समावेशीबाट पदपूर्ति गर्नेछ। 

त्यस्तै कम्पनीले वरिष्ठ सहायक (पाँचौँ तह) र उपप्रबन्धक (सातौँ तह) मा खुला र महिलातर्फ १/१ जना गरी दुई/दुईजनाका लागि दरखास्त खुलाएको छ। 

कम्पनीले आठौँ तहअन्तर्गत सहप्रबन्धक खुलाबाट ३ तीनजना र महिलातर्फ १ जनाका लागि दरखास्त आह्वा गरेको छ। 

यसैगरी नवौँ तहअन्तर्गत प्रबन्धक र दसौँ तहअन्तर्गत नायब महाप्रबन्धक खुला र महिलातर्फ १/१ जना गरी दुई/दुईजना कर्मचारी पदपूर्ति गर्ने तयारी कम्पनीले गरेको छ। 

आठौँदेखि दसौँ तहसम्म आवेदन दिन उम्मेदवारको उमेरको हदबन्दी २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै छैटौँ र सातौँ तहको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र पाँचौँ तहमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा भने ४० वर्षको सीमा तोकिएको छ । 

दरखास्त दिने अन्तिम मिति चैत २० गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी चैत २७ गतेसम्म दरखास्त दिन सकिनेछ। 

बाँकी तलको सूचनामा हेर्नुहोस् –