काठमाण्डौ । सुनको भाउमा लगातारको वृद्धि मंगलबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।
15 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago