काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।