काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले यूएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबीमा सुविधा ल्याएको छ।
हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुनेछ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिनेछ।
यस योजना इसेवाको मोबाइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घरबीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ। बीमा नीतिअनुसार रु. १ करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक रु. ५०० देखि ४५ रुपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ। बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ।
यस योजनामा सहभागी हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एपमार्फत अपलोड गर्नुपर्नेछ। इसेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागू हुने गरी इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ।
हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज र बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ।
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago