काठमाण्डौ । बैंकहरुले कृषि प्रयोजनका लागि रु. २० लाखसम्म कर्जा मोटर बाटो नभएको जग्गा धितो राखी प्रवाह गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा जानकारी दिइएको हो। बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि रु. २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा स्वीकार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा जबाफ दिनुपर्ने व्यवस्था पनि गरिएको छ।
यस निर्देशनको पालना नभएको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा राष्ट्र बैंकमा गुनासो गर्दा गर्न सकिने सूचनामा उल्लेख छ।
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago