काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न र थप २ अर्ब रुपैयाँको जारी गर्न आज साउन २२ गते बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले साउन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न र ३६४ दिने ट्रेजरी बिल जारी गर्न आज बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १९ गते, कात्तिक २१ गते र माघ २३ गते परिपक्व हुनेछन्।
यसैगरी केन्द्रीय बैंकले ३६४ दिनका लागि थप २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिक्री भने २०८१ साउन २२ गते परिपक्व हुनेछ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago