काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा झरेको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।