काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।