काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्सले जारी गर्न लागेको ६० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

इन्स्योरेन्सले माघ २७ गतेका लागि बुक क्लोज मिति तोकेको हो । यसको अर्थ प्रूडेन्सियलको हकप्रद सुरक्षित गर्न चाहनेले माघ २६ गतेभित्रमा सो कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ । 

यो कम्पनीले १०० रुपैयाँ दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ । 

यो इन्स्योरेन्स कम्पनीको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ७०६ रुपैयाँ रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोड पुग्नेछ ।