काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।