काठमाण्डौ। रेडमीले आफ्नो रेडमी नोट ९ सिरिजको नयाँ स्पमार्टफोन आउँदो बिहीबार लन्च गर्दैछ।

लन्चअघि नै रेडमीका प्रमुख व्यवस्थापक ल्यु विबिंगले रेडमी नोट ९ सिरिजमा जडित क्यामेरा हालसम्मकै सर्वोत्कृष्ट हुने संकेत गरेका छन्। यसअघि पनि लिक भएको रिपोर्टमा पनि यो नयाँ स्मार्ट फोनमा १०८एमपी एचएम२ लेन्स हुनेछ। 

विबिंगले नयाँ स्मार्ट फोनको तस्बिर सेयर गरेका छन्। जसमा यो स्मार्ट फोन ५जी रियर डिजाइन रहेको खुला गरेका छन्।

शाओमी मी १०टी लाइटलाई नै रिब्रान्ड गरेर चीनमा रेडमी नोट ९ प्रो ५जीको नामबाट लन्च गर्न लागिएको खुलासा पनि भएको छ। मी १०टी लाइटमा ६४ मेगापिक्सल प्राइमरी क्यामरा दिइएको छ जब कि रेडमी नोट ९ प्रो ५ जीमा १०८ मेगापिक्सल प्राइमरी क्यामेरा क्वाड–क्यामेरा सेटप दिइएको छ।

रेडमी नोट ९ प्रोमा ६.६७ इन्च आईपीएस एलसीडी फुल एचडी प्लस १२० हर्ट्ज डिस्प्ले, स्न्यापड्रेगन ७५०जी चिपसेट, ४८२०एमएएच ब्याट्री, ३३ वाट फास्ट चार्चिङजस्ता फिचर्स छन्। यो फोन एन्ड्रोइड १० ओएसमा आधारित एमआईयूआई १२ मा चल्नेछ। फोनमा १६ मेगापिक्सल सेल्फी क्यामेरा, स्टिरियो स्पिकर, ३.५ एमएम अडियो ज्याक, एनएफसी, आईआर ब्लास्टर र जेड्–एक्सिस लिनियर मोटर पनि दिइएको छ। –एजेन्सी