काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण त्रुटिपूर्ण सार्वजनिक गरेको खुलेको छ।
कम्पनीले आफैँले आज एक सूचना प्रकाशित गरी तेस्रो त्रैमास वित्तीय विवरणमा केही सूचक त्रुटिपूर्ण रहेको स्वीकारेको हो। कम्पनीले केही सूचकमा भुलवश अन्यथा पर्न गएको जनाएको छ।
कम्पनीले गत वैशाख २० गते आफ्नो तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा प्रतिसेयर आम्दानी (ईपीएस) १३.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ रहेको उल्लेख गरिएको थियो। तर आज सूचना प्रकाशित गरी कम्पनीले भुलवश उक्त यस्तो हुन गएको तर वास्तवमा भने ईपीएस ९.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०९.०८ रुपैयाँ रहेको भन्दै सच्चाइएको जनाएको छ।
वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा कम्पनीले ३ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १६ लाख रुपैयाँले बढी हो।
सूचनामा कम्पनीको संस्थापक सेयर बन्देज भएको बाँडफाँड मितिले ३ वर्ष पूरा भएको पनि उल्लेख गरेको छ। अब संस्थापक सेयर पनि जेठ २६ गतेबाट सर्वसाधारण सेयर सरह कारोबार गर्न मिल्ने भएको कम्पनीले जानकारी गराएको छ।
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago