काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स घाटामा गएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी २१ लख ३६ हजार खूद घाटामा गएको हो । 

अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ४ लाख २२ हजार खूद नाफा कमाएको थियो । 

नाफासहित यो कम्पनीका अधिकांश प्रमुख सूचकहरुको स्वास्थ्य नराम्ररी बिग्रिदै गएको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिमा १ लाख संचालन घाटामा रहेको यो कम्पनी समीक्षा अवधिमा भने २९ लाख ३३ हजार संचालन घाटामा गएको छ । 

अघिल्लो वर्ष ४५ लाख ५६ हजार रहेको खूद ब्याज आम्दानी बढेर ४८ लाख ४६ हजार पुुगेको छ । यो अवधिमा सपोर्टले ७ लाख ९७ हजार राइटब्याक गरेको छ । 

यो अवधिमा सपोर्ट माइक्रोफाइनान्सले ३ करोड ५५ लाख निक्षेप संकलन गरी तथा २७ करोड १५ लाख सापटी लिई २९ करोड ६१ लख बराबर कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा सपोर्टले १ करोड ९ लाख निक्षेप संकलन गरी तथा १५ करोड ४९ लाख सापटी लिई १६ करोड ३४ लाख बराबरको कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २२ लाख ५० हजारले ऋणात्मक रहेको यो कम्पनीको रिजर्ब कोष समीक्षा अवधिमा ५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । 

यो कम्पनीको खराब कर्जा थुप्रिएर ३.८६ प्रतिशत पुुगेको छ । ५.७२ प्रतिशतमा सीमित कस्ट अफ फण्ड अचाक्ली बढी ११.३२ प्रतिशत पुुगेको छ ।