काठमाण्डौ । माइक्रोसफ्टले आफ्नो एमएसएन वेभसाइटमा अनुुबन्ध दर्जनौ पत्रकारहरुलाई स्वचालित रोबोट प्रणालीद्वारा प्रतिस्थापन गर्ने भएको छ । 

अमेरिकी र बेलायतका मिडिया रिपोर्टका अनुुसार यो स्वचालित प्रणालीले समाचारहरु स्वयम् चयन गर्नेछ । समाचार संस्थाबाट हुुने न्युुज क्युुरेटिङ र एमएसएन साइटका लागि हेडलाइन र तस्बिरहरु अहिलेसम्म पत्रकारहरुले बनाउँदै आएका थिए । तर अब नयाँ प्रावधान अनुुसार यी सबै कार्यहरु कृत्रिम बौद्धिकता अर्थात रोबटले गर्ने भएको छ । 

माइक्रोसफ्टले यो कार्यलाई आफ्नो व्यवसायको मूल्याङ्कनको एक हिस्सा भएको जनाएको छ । अमेरिकी प्रविधि कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, “अन्य सबै कम्पनीजस्तै हामी पनि हाम्रो व्यवसायलाई नियमित रुपमा मूल्याङ्कन गर्ने गर्दछौ । यसको परिणाम स्वरुप समय समयमा केही क्षेत्रमा लगानी वृद्धि  हुुन सक्छ र अन्य क्षेत्रमा पुुनः रोजगार सिर्जना हुुन सक्छ । यी निर्णयहरु अहिले देखिएको महामारीको परिणामले निम्त्याएका भने होइनन् ।” 
अन्य प्रविधि कम्पनीहरु जस्तै माइक्रोसफ्टले पनि समाचार संस्थाहरुलाई आफ्नो वेभसाइटमा उनीहरुको कन्टेन्ट प्रयोग गरेबापत भुुक्तानी गर्ने गर्दछ । तर कम्पनीले कुुन विषयवस्तुु राख्ने र कस्तो तरिकाले प्रस्तुुत गर्ने भन्ने निर्णय गर्नलाई पत्रकारहरुलाई नियुुक्त गर्दै आइरहेको छ । 

कम्पनीको नयाँ निर्णयसँगै जुुन महिनाको अन्त्यसम्म करीब ५० जना अनुुबन्धित न्युुज प्रोड्युुसरहरुले काम गुुमाउने भएका छन् । तर पूर्णकालिन पत्रकारहरुको समूह भने कायम रहने छन् । 

“मेसिनले हामीलाई प्रतिस्थापन गर्ने कुुरा सोच्नुु पनि मनोबल गिराउने जस्तै थियो र अहिले हामीले यो भोग्नुु परिरहेको छ ।” यो निर्णयबाट प्रभावित एक पत्रकारले भने । 

केही बर्खास्त पत्रकारहरुले कृत्रिम बौद्धिकता कडा सम्पादकीय दिशानिर्देशहरुसँग पूर्ण रुपले परिचित हुुन नसक्ने र विषयवस्तुु चयनमा समस्या आउनसक्ने भन्दै चेतावनी दिएका छन् । 

बर्खास्त हुुने २७ जना पत्रकारहरुलाई बेलायतको पिए मिडियाले नियुुक्त गरेको हो । माइक्रोसफ्ट ती तमाम अन्य प्रविधि कम्पनीमध्ये एक हो, जसले खर्च कटौति गर्नका लागि तथाकथित रोबट जर्नालिजममाथि प्रयोग गरिरहेको छ । गुुगलले यसले कसरी काम गर्छ भन्ने जान्नका लागि आफ्ना प्रोजेक्टहरुमा लगानी गरिरहेको छ ।