काठमाण्डौ । रोयल इनफिल्डले इलेक्ट्रिक मोटरसाइकल ल्याउन तयारी सुरु गरेको छ ।

इकनोमिक टाइम्ससँगको कुराकानीमा सीईओ विनोद दासरीले रोयल इन्फिल्ड इलेक्ट्रिक भर्जनमा ल्याउने तयारी भइरहेको बताएका हुन् । उनका अनुसार यो बाइकको नाम रोयल इनफिल्ड २.० नाम नयाँ भर्जनका साथ आउने छ । यसका चारवटा महत्वपूर्ण एक्सन पोइन्ट छन् ।

यी चारैमा प्रडक्ट रेन्ज बढाउने, विश्वभर आफ्ना पहुँच बढाउने, सुलसन सेलिङ र डिजिटल प्लेटफर्मको धेरैभन्दा धेरै फाइदा उठाउने विषय सामिल छन् । ता कि रोयल इनफिल्डलाई भारतबाट एउटा ग्लोब कन्ज्युमर ब्रान्ड बनाउन सकियोस् ।

रोयल एनफिल्डको रिटेल सेल्स अक्टुबरमा राम्रो रह्यो । दासरीको विश्वस छ कि आउने नयाँ प्रडकक्टबाट कम्पनीको बिक्री डबल डिजिटको ग्रोथ गर्नेछ । उनले नयाँ प्रडक्टको कमी र इन्डस्ट्रीमा सुस्तीलाई रोयल एनफिल्डको बिक्रीमा आएको गिरावट जिम्मेवार रहेको बताए । – एजेन्सी