काठमाण्डौ । पुुरुषका लागि मोडर्न क्लासिक बाइकको उत्पादक कम्पनी रोयल इनफिल्डले अब महिलाहरुलाई लक्षित गर्दै विशेष बाइक ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले सन् २०२० को पहिलो त्रैमासिकमा एउटा नयाँ स्लिम र हलुुका मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो । कम्पनीका अनुुसार यो बाइक रोडस्टर स्टाइलको हुुनेछ भने यसलाई खासगरी महिलाहरुलाई ध्यानमा राखेर बनाइँदैछ ।

रोयल इनफिल्डको यो नयाँ बाइकको लुुक्स एकदमै अलग हुुनेछ । यसको सिट थोरै होचो र तौल पनि कम हुुनेछ । यसका साथै रोयल इनफिल्डको अहिलेसम्मको बाइकको रेन्जमध्ये यो सबैभन्दा किफायती हुुने कम्पनीले दाबी गरेको छ ।

यसलाई विशेषगरी महिलाका लागि निर्माण गरिए पनि पुुरुष र महिला दुुवैले प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ । बजारमा हेभी बाइकको छवि बनाएको रोयल इनफिल्डले आफ्नो त्यो छवि बदल्ने योजनाअनुुरुप यो नयाँ बाइक उतार्ने तयारी गरेको हो । बजारमा उतिरिएपछि यो बाइकले अन्य स्ट्रिट बाइकलाई कडा टक्कर दिने आँकलन गर्न थालिएको छ ।

यो बाइकलाई कम्पनीले जे–वान–सी कोड दिएको छ । जे–वान–सीको लन्चिङ अहिले सबैको व्यग्र प्रतीक्षाको विषय बनेको छ । यो बाइकको लन्चिङलाई लिएर सबैभन्दा बढी महिलाहरु उत्साहित छन् ।

यो बाइकको लन्चिङपछि कम्पनीले थन्डरबर्डको नयाँ जेनेरेसन लन्च गर्ने तयारी पनि गरिरहेको छ । जसलाई सन् २०२० मा क्लासिक तथा बुुलेटको बीएस सिक्स भर्जनमा पेस गरिने सम्भावना रहेको छ । – एजेन्सी