काठमाण्डौ । रोयल इनफिल्डले मंगलबार आफ्नो नयाँ बाइक बीएस सिक्स भर्जन क्लासिक ३५० भारतीय बजारमा लन्च गरेको छ ।

कम्पनीले यो बाइकको एक्स सोरुम मूल्य भारु १ लाख ६५ हजार तोकेको छ। जुन पुरानो ड्युअल च्यानल एबीएसको बीएस ४ मोडलभन्दा महँगो हुन आउँछ । रोयलको यो नयाँ बाइक युनिट कन्सट्रक्सन इन्जिन प्लेटफर्मबाट नयाँ रेगुलेटरी इमिसन नम्सअन्तर्गत पर्ने कम्पनीको पहिलो मोडल हो ।

भारतमा यसको अनौपचारिक बुकिङ शुरु भइसकेको छ । जसलाई १० हजार रुपैयाँको टोकन लिएर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । 

क्लासिक ३५० मोडल कम्पनीको सर्वाधिक बिक्री हुने बाइक हो । जसको खरिदमा कम्पनीले ग्राहकलाई ३ वर्षको वारेन्टीका साथै ३ वर्षकै रोड साइड असिस्टेन्ट प्रदान गर्नेछ । जसलाई एक वर्ष बढाउन सकिनेछ ।

कम्पनीले बीएस सिक्स भर्जन क्लासिकलाई परिमार्जित गर्दे पुरानो बीएस ४ मोडलको कार्बारेटरको ठाउँमा फ्युल इन्जेक्सन सिस्टम प्रदान गरेको छ । यसका साथै यसलाई नयाँ कलर अप्सन स्टिल्थ ब्ल्याक तथा क्रोम ब्ल्याकमा प्रस्तुत गरिएको छ । पुरानो कलर अप्सनमा पनि बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखेर आफ्ना सम्पूर्ण बाइकमा बीएस सिक्स इमिसन अनिवार्य गरेको र यो भविष्यमा पनि जारी रहने जनाएको छ । – एजेन्सी