काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र बर्दघाट, नवलपरासी स्थित रोयल कटेजबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन्।