काठमाण्डौ । भारतमा होन्डाका नयाँ क्लासिक बाइक लन्च गरिएको छ। होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले होन्डा एच‘नेस सीबी ३५० को मिड साइज टु ह्विलर सेगमन्टमा लन्च गरेको हो।

यो बाइकको सीधा टक्कर रोयल इन्फिल्डसँग हुने अनुमान गरिएको छ। यही मिड साइज क्लासिक बाइक सेगमेन्टमा रोयल इन्फिल्डको बाइक पनि निकै लोकप्रिय छ। 

होन्डाको यो बाइकमा थुप्रै मोर्डन फिचर्स समावेश गरिएका छन्। बाइकमा लिड हेडलाइटहरु दिइएका छन्। यसका साथ स्मार्ट भ्वाइस कन्ट्रोल, सेलेक्टेबल टार्क कन्ट्रोलजस्ता फिचर्स पनि यो बाइकमा पाइनेछ। यो बाइक डीएलएक्स र डीएलएक्स प्रो भेरियन्टमा उपलब्ध हुनेछ। बाइकमा सबै किसिमको टेरेन्सलाई ध्यानमा राखेर ह्यान्डलिङ डिजाइन दिइएको छ। राइडर अपराइट बडी पोेजिसमा पनि सजिलै ह्यान्डलसम्मको पहुँच पुर्याउन सक्छ। 

यो बाइक ६ वटा रङमा उपलब्ध हुनेछ। डीएलएक्स प्रो भेरियन्ट ड्युल टोन अप्सनमा उपलब्ध हुनेछ। 

यो बाइकको मूल्य भारतमा भारु १.९० रुपैयाँ आसपास हुने बताइएको छ। यो बाइक भारतमा आउँदो महिना नोभेम्बरबाट उपलब्ध हुने बताइएको छ। – एजेन्सी