काठमाण्डौ । जब हामी रोल्स रोयस कारको नाम सुन्छौँ तब दिमागमा लग्जरी, महँगो र प्रिमियम कारको छवि बन्छ। 

रोल्स रोयस कारको मूल्य लाखौँमा होइन करोडौँमा हुन्छ। अझ अर्को विशेषता भनेको यो कारलाई आफूले चाहेअनुसार कस्टमाइज्ड गर्न सकिन्छ। 

आखिर यो कार किन यति धेरै महँगो हुन्छ ? यसमा त्यस्ता के खुबीहरु छन्, जसले यसलाई यति धेरै महँगो बनायो ?

४४ हजार रङमा उपलब्ध

यो कार महँगो हुनुको मुख्य कारणमा यसको रङ पनि पर्छ। यो कार ४४ हजार रङमा उपलब्ध छ। यो कार किन्ने ग्राहकले आफूले चाहेअनुसारको रङमा पाउन सक्छन्। ग्राहकले आफूले चाहेको रङमा आफ्नो नाम पनि रजिस्टर्ड गर्न सक्छन्। यसो गर्दा अरु ग्राहकले सोही रङमा उक्त कार किन्न मन लागे पुरानो ग्राहकसँग अनुमति लिनुपर्छ। 

अन्य कारको तुलनामा रोल्स रोयस कारमा ३–४ पटक होइन २३ पटक पेन्टको कोट्स गरिएको हुन्छ। यसका साथै ग्राहकको मागअनुसार यो कारमा स्पेसल इफेक्ट्स पनि दिन सकिन्छ। 

३०० पाउन्डको ढोका 

रङका अलावा बिल्ट क्वालिटीको मामिलामा पनि रोल्स रोयस कार निकै खास हुन्छ। यो कारको ढोका ३०० पाउन्डको साउन्ड प्रुफसहितको रहेका हुन्छन्। जसले बाहिरको ध्वनिलाई भित्र जान दिँदैन। कारका ढोकाहरु ह्यान्डलबाट नभई बटनका माध्यमबाट बन्द र खोल्न सकिन्छ। 

टायरमा स्पेस फम

रोल्स रोयस कारका टायरमा निकै खास हुन्छन्। टायरहरुमा स्पेसल फम भरिएका हुन्छन् ता कि सडक गुड्दा धेरै आवाज नआओस्। यी टायर यसरी डिजाइन गरिएका हुन्छन् कि यसले ९ डेसिबल्ससम्म कम आवाज निकाल्छ। जसले कारलाई अझ साउन्ड प्रुफ र कन्फर्ट बनाउँछ। 

ग्राहकको चाहनाअनुसार ड्यासबोर्ड

रोल्स रोयस कारको अर्को मुख्य विशेष हो, ग्राहकले आफ्नो चाहनाअनुसार कस्टमाइज्ड गर्न सक्छन्। जुन डिजाइनमा कस्टमर चाहन्छन्, सोहीअनुरुप कारको डिजाइन परिवर्तन गर्न सकिन्छ। यदि तपाइँ कारमा आर्टिस्टिक गर्न चाहनुहुन्छ भने सोहीअनुसार बनाउन सकिन्छ। – एजेन्सी