काठमाण्डौ । अजोड इन्स्योरेन्सले रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ।

यमुनामाई गाउँपालिकाको वडा नं. ४ को वडा कार्यालयमा वडाअध्यक्ष सर्फलाल यादव र प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायबप्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। 

बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीयस्तरबाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरिएको कम्पनीले जनाएको छ।