काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमअन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो। कलेजका प्राधानाध्यापक ब्रह्मनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले बीमासम्वन्धी प्रशिक्षण दिएका थिए। 

कम्पनीको गौर कार्यालयका कर्मचारी राजेशकुमार साहबाट सञ्चालित कार्यक्रममा प्रधानाध्पापक यादवले बीमा विषय आमजनताका लागि नयाँ भएकोले यस्ता सचेतनासम्बन्धी कार्यक्रम नियमित सम्पन्न गर्नुपर्ने सुझाव दिए। 

त्यसैगरी फागुन २८ गते शनिबार दोलखाको चरीकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। होटेल पानारोमामा कम्पनीका एजेन्सी प्रमुख सीताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति थियो। महालक्ष्मी लाइफको एजेन्सी प्रमुख सीताराम धिमाल र बागमती प्रमुख रामप्रसाद भुसालले बीमासम्बन्धी प्रशिक्षण दिएका थिए। 

प्रशिक्षण कार्यक्रमको महत्व र आवश्यकता बारेमा प्रमुख अतिथि नापी कार्यालय दोलखाका प्रमुख अशोककुमार श्रेष्ठ र विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईंले प्रकाश पारेका थिए। 

बीमा समीतिले बीमा सचेतनाका लागि कम्पनीलाई दोलखा, रौतहट, गुल्मी र ललितपुर जिल्ला दिएपछि सोहीअन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो।