काठमाण्डौ । यतिबेला कोरोनाभाइरसले गर्दा अफिसमा बसेर काम गर्नुुपर्ने बाध्यताबाट केही समयका लागि भए पनि कर्मचारीहरुले छुुटकारा पाएका छन् । 

कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशहरुले लकडाउन गरिरहेका कारण कर्मचारीहरु घरै बसेर कार्यालयको काम गरिरहेका छन् । 

बदलिदो परिस्थितीसँगै सुुरुवात भएको वर्क फ्रम होमका कारण साइबर हमलाको जोखिम पनि बढेको छ । घरमै बसेर इन्टरनेटको माध्यमबाट कार्यालयको काम गर्नुुपर्ने भएकाले यसको जोखममा बढोत्तरी भएको हो । 

कर्मचारीहरुले घरको ल्यापटप  पिसीमा एक्सेस गरिहेका छन् । त्यसमा उहीस्तरका फायरबल वा सेक्युुरिटी सिस्टम नहुुन पनि सक्छ, जुुन कार्यालयको अफिसको हुुने गर्दछ । यस्तोमा कम्पनीका आइटी अधिकारीहरुले आफ्नो  डाटाको सुुरक्षा जोखिममा ध्यान दिनुुपर्ने देखिन्छ । उनीहरुले डाटा लस प्रिभेन्सनको समिक्षा गर्नुुपर्ने हुुन्छ । किनकी यसले अब आउने दिनमा उनीहरुको साखलाई प्रभावित पार्न सक्नेछ । 

साइबर अपराधिद्वारा कोरोनाभाइरस सम्बन्धी त्रासको लाभ उठाउने प्रयास
यतिबेला साइबर अपराधीहरुले कोरोानभाइससँग जोडिएका भ्रमहरुको त्रास देखाएर त्यसबाट फाइदा उठाउने काम गरिरहेका छन् । उनीहरुले अहिले ई–मेल स्कायम, फिसिङ र रेन्समवेयर जस्ता हमला गरिरहेका छन् । 

साइबर अपराधीहरुले कोरोनाको ताजा जानकारी दिने भन्दै इन्टरनेट प्रयोगकर्तालाई ईमेल र म्यासेज पठाउने गरिरहेका छन् । इन्टरनेट प्रयोगकर्ताले पनि भाइरसको जानकारी पाउन यस्ता इमेल र म्यासेज खोल्ने गर्दछन् । 

यसमा लिंक, पिडिएफ, एमपि फोर र डक्स फाइलको बहानामा डिजिटल भाइरस फाइल पनि हुुन सक्छ । यस्तोमा साइबर अपराधीहरुले विभिन्न माध्यमबाट डिजिटल डिभाइसमा हमला गरेर डाटा चोर्ने गर्दछन् । 

मानिसहरु कोरोनाले त्रासमा बाँचिरहेका छन्, तर साइबर अपराधीहरुले यसको फाइदा उठाइरहेका छन् । उनीहरुले मालीसियस् लिंक र एप तयार गरिरहेका छन् जसले गर्दा उनीहरुले डिभाइस ह्याक गरेर डाटा चोरिरहेका छन् । 

साइबर सुुरक्षामा संलग्न कम्पनीहरुको भूमिका महत्वपूर्ण 
साइबर अपराधका घटना बढ्न थालेपछि साइबर सुुरक्षामा संलग्न कम्पनीहरुको भूमिका पनि महत्वपूर्ण हुुने भएको छ । अहिले साइबर हमलाका कयौ घटनाहरु बाहिर आइरहेको छ । 

संक्रमित व्यक्तिहरुलाई ट्रयाक गर्न साइबर अपराधीहरुले फेक म्याप अफर गरिरहेका छन् । म्याप जेनेरेट गर्नका लागि इन्टरनेट प्रयोगकर्ताहरुले सफ्टवेयर डाउनलोड गर्नुुपर्ने हुुन्छ । जसले गर्दा साइबर सुुरक्षा खतरामा पर्ने गर्दछ । यस्तोमा साइबर कम्पनीहरुले साइबर गतिविधिहरुमा विशेष ध्यान पुुर्याउनुु पर्ने हुुन्छ र यसको नियन्त्रण र रोकथामका लागि उचित कदम चाल्नुुपर्ने हुुन्छ । 

साइबर सुुरक्षाका लागि कर्मचारीलाई प्रशिक्षित गर्न आवश्यक 
कोरोनाले साइबर हमलाको जोखिम बढेपछि कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई साइबर हमलासँग सम्बन्धित जानकारीहरु प्रदान गर्नुुपर्ने हुुन्छ । उनीहरुलाई साइबर हमलालाई कसरी पहिचान गर्ने र यसबाट कसरी बच्ने भन्ने जानकारीहरु दिन आवश्यक देखिन्छ ।