काठमाण्डौ । आगामी बैशाख २८ देखि धितोपत्र बजार खुुल्ने तयारी भइरहेको छ । लकडाउनअघि बजार गिरावटको चपेटाबाट गुुज्रिसकेको अवस्थामा लकडाउनपछि बजार कस्तो रहला भन्ने आम जिज्ञासा छ ।

यसै सन्दर्भमा सिद्धार्थ क्यापिटलका सीइओ धु्रव तिमल्सिनाले बिजशालासँग कुराकानी गरेका छन् । 

लकडाउनपछि सेयर बजारको दिशा सरकारले चाल्ने कदमले निर्धारण गर्ने उनको धारणा छ ।

बजार धेरै तल नजाने जिकिर गरेका उनले अन्ततगोत्वा बजार फर्केर माथि नै आउने अनुमान गरे । ‘यो विगत समयदेखि नै चल्दै आएको नेपालको सेयर बजारको साइकल हो।’उनले दाबी गरे ।

दीर्घकालीन लगानीकर्ताले आत्तिनुुपर्ने अवस्था नभएको उल्लेख गर्दै तिम्सिना धैर्यता र संयमता नगुुमाउन आग्रह गर्छन् ।

‘नेप्से ९०० तिर नै जान्छ भन्ने मानसिकता आम लगानीकर्तालाई पर्न सक्छ।’उनले बिजशालासँग भने–‘नेप्सेको बटम कुुन हो ? कसैले बताउनै सक्दैन । यद्यपि दीर्घकालीन लगानीकर्ताका लागि सरकारले राहात प्याकेज ल्याउनुपर्छ।’

बजार खुुलेपछि र बजारको व्यवहार हेरेर सचेततापूूर्वक लगानी गर्न तिम्सिनाको सुुझाव छ । 

‘विगतमा अर्थतन्त्र ठप्प हुुँदा र अन्य सेक्टर ठप्पप्रायः हुुँदा मानिससँग भएको पैसा सेयर बजारमा नै ओइरिएको उदाहरण हामीसँग छ।’उनी भन्छन्–‘यदि भौतिक पूूर्वाधार, अन्य सेक्टरमा लगानी नगए सेयर बजारमा नै आउला । राजनीति राम्रो भयो भने फेरि सेयर बजारको पैसा अन्य सेक्टरमा जाने सम्भावना पनि उत्तिकै छ ।’

केही समय ‘पर्ख र हेर’को रणनीति बनाउन तिम्सिनाले आम लगानीकर्ताहरुलाई सुुझाए ।