काठमाण्डौ । कोरोनाभाइरसका कारण पूरै विश्वमा आतंक छाएको छ । चीनको वुुहानबाट बाँकी विश्वमा फैलिएको यो ज्यानमारा भाइरसले इटली, स्पेन, र अमेरिकालाई नराम्ररी प्रभावित पारेको छ । नेपालमा पनि कोरोनाबाट संक्रमितको संख्या ३ पुुगिसकेको छ । तर विश्वमा केही यस्ता देश पनि छन् जसले कुुनै लकडाउन र प्रतिबन्धबिनै यो भाइरसलाई जित्न सफल बने । 

कोरोनालाई हराउने पहिलो देश 
नेपालले यतिबेला कोरोनालाई नियन्त्रण गर्न देशभरी नै लकडाउन गरेको छ । सरकारले जनतालाई घरबाहिर ननिस्कन भनिरहेको छ । नियमको उल्लंघन गर्नेलाई कारवाही समेत गरिरहेको छ । 

उता चीनले भने कोरोनालाई नियन्त्रणमा ल्याइसकेको छ । अहिले त्यहाँको अवस्था सुुधारउन्मुुख भइरहेको छ । नयाँ संक्रमितको घटनामा तीव्र कमी आएको छ । 

कोरोना नियन्त्रण गर्न चीन सरकारले लकडाउन र प्रतिबन्ध गरेको थियो । तर, विश्वमा केही यस्ता देश पनि छन्, जसले कुुनै लकडाउन र प्रतिबन्धबिनै कोरोना नियन्त्रणमा सफलता हासिल गरेका छन् । 

यसक्रममा ती देशका न त पसलहरु बन्द भए न त कुुनै प्रतिबन्ध नै लाग्यो । कोरोनालाई हराउने हो भने यी देशबाट विश्वले पाठ सिक्न सक्छ । 

दक्षिण कोरियाले कोरोनालाई हरायो 
चीनको छिमेकी देश दक्षिण कोरियामा चीनमा कोरोना फैलिएको केही समयपछि नै कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित देशको सूचिमा दक्षिणकोरिया ८ औं नम्बरमा आउँछ । सुुरुवातदेखि अहिलेसम्म यहाँ ९१३७ संक्रमणका घटना सार्वजनिक भइसकेका छन् । संक्रमितमध्ये ३५०० ठिक भइसकेका छन् । मृत्युु हुुनेको संख्या १२९ पुुगेको छ । अहिले त्यहाँ ५९ जना मात्रै गम्भीर संक्रमणमा रहेका छन्।

न त लकडाउन, न त बजार नै बन्द 
दक्षिण कोरियामा मार्च महिनाको दोस्रो सातासम्म ८ हजार मानिस कोरोनाबाट संक्रमित भएका थिए । तर, पछिल्लो केही दिनदेखि १२ जनामा मात्रै संक्रमण देखिएको छ । 

मार्चको दोस्रो सातादेखि त्यहाँका जनता कोरोना नियन्त्रणका लागि स्वःस्फुुर्त रुपमा अग्रसर भएका थिए । अझ खास कुरा त के भने कारोना नियन्त्रणका लागि न त लकडाउन गरियो, न त प्रतिबन्ध नै । मानिसमा कुुनै पनि प्रतिबन्ध लगाइएन । आम जीवनलाई सामान्य रुपमा नै सञ्चालन गरिएको थियो । तर, पनि कोरोनालाई नियन्त्रणमा ल्याउन दक्षिण कोरिया सफल बन्यो ।

कसरी लगाइयो कोरोनामाथि लगाम ?
कोरोना नियन्त्रण गर्न दक्षिण कोरियाले ती चिजको प्रयोग गर्यो जुुन कोरोनालाई हराउन सहयोगसिद्ध मानिएका थिए । प्रत्येक शहरमा रिमोट टेम्पेरेचर स्क्यानर र रुघाखोकीको जाँच गरियो । जाँच गरिएकाको एक घण्टामै रिपोर्ट आउने व्यवस्था गरियो । 

फोनबुुथलाई टेष्टिङ सेन्टरमा परिणत गरिएको थियो । संक्रमणको जाँचका लागि ठूला भवन, होटल, पार्किङस्थल, र सार्वजनिक स्थलमा थर्मल इमेजिङ क्यामेरा जडान गरियो । जसले गर्दा संक्रमित पहिचान गर्न सजिलो भयो र थप संक्रमण फैलनबाट जोगियो । 

होटल, रेष्टुुरेन्टमा गरियो जाँच 
दक्षिण कोरियाले बजार बन्द नगर्ने निर्णयको फाइदा यो भयो कि होटल रेष्टुुरेन्टमा आएका ग्राहकको जाँच गर्न सजिलो भयो । ज्वारोको जाँच गरेर मात्रै होटलमा मानिसलाई आवतजावत गर्ने अनुुमति  दिइयो । त्यहाँका स्वास्थ्यविज्ञले हात कसरी धुुने भनेर सर्वसाधारण जनतालाई सिकाए । दाहिने हात धेरै प्रयोग गर्ने व्यक्तिहरुलाई ढोकाको ह्यान्डल, मोबाइल र सानातिना सामाग्री चलाउन सुुझाव दिइयो । 

हातको सही प्रयोग गर्ने तरिका सिकाइयो 
दक्षिण कोरियाको हात प्रयोग गर्ने तरिकाले गज्जबको काम गर्यो । दायाँ हात बढी चलाउनेलाई बायाँ हात र बायाँ हात बढी चलाउनेलाई दायाँ हात बढी चलाउन भनियो । जसले गर्दा मानिसहरुले प्रयोग गर्ने हात कम मात्रामा अनुुहारमा लगाउन थाले । 

विशेषज्ञका अनुुसार मानिसले जुुन हात धेरै प्रयोग गर्छन् त्यही हात मुुख र अनुुहारमा लगाउने गर्दछन् । जसले गर्दा कोरोनाभाइरस मानिसमा सर्ने सम्भावना धेरै हुुन्छ । 

-एजेन्सीको सहयोगमा तयार रिपोर्ट