काठमाण्डौ । अमेरिकाको टेक्सस राज्यको डल्लास सहरकी एक सैलुुन सञ्चालिकालाई लकडाउनमा सैलुुन बन्द गर्न अटेर गरेको भन्दै स्थानीय अदालतले ७ दिनको जेल सजाय सुुुनाएको छ।

उत्तरी डल्लासमा सैलुुन व्यवसाय गर्ने सेल्ली लुुथरलाई राज्यले घरमै बस्न गरेको निर्देशनलाई अवज्ञा गरेकोमा कोपनातर अदालतले जेल सजाय सुुनाएको हो। सीएनएनका अनुसार लुुथरले सरकारद्वारा जारी गरेको निर्देशिका च्यात्दै सैलुुन खोलेकी थिइन्। 

अदालतमा भावुुक हुँुदै लुथरले आफूले गरेको कार्यप्रति आत्मालोचना गर्दे जेल सजाय नसुनाउन आग्रह गरेकी थिइन्। उनले अदालतमा आफूमाथि लगाइएको स्वार्थीपनको आरोप खण्डन पनि गरिन्। लुथरले आफ्ना बालबच्चालाई भोकप्यास मेट्नका लागि सैलुुन खोल्ने निर्णय गरेको बताएकी थिइन्। 

अदालतले उनको आत्मालोचनापश्चात पनि उनलाई ७ दिनको जेल सजाय प्रदान गर्ने निर्णय गरेको हो। लुथरलाई जेल सजाय सुुनाइएपछि उनको सर्मथनमा अदालतबाहिर विरोध प्रदर्शन भएको थियो। 

टेक्ससका गर्भनरले सेल्लीलाई सुुनाइएको सजाय अलि बढी नै भएको बताएका छन्। 

त्यस्तै राज्यका एटोर्नी जर्नलले अदालतको यो निर्णयलाई कठोर, घृणित र हास्यास्पद भएको बताएका छन्। उनले हिजोमात्रै गर्भनरले राज्यमा प्रतिबन्धहरु खुुकुुलो पारिने बताएकाले लुथरलाई सुुनाइएको सजाय गलत भएको बताए। 

टेक्ससमा कोरोनाको संक्रमण बढिरहेको छ। यहाँ १ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमण देखिएको छ। – एजेन्सी