काठमाण्डौ। पछिल्लो साढे २ महिनादेखि विश्वका कुल आवादीको एउटा ठूलो हिस्सा घरभित्रै कैद छन्। लकडाउनका कारण मानिस केवल अत्यावश्यक सामान किन्नमात्र कहिलेकाहीँ घरबाहिर निक्लिन सक्छन्।

यस्तो यस कारण कि विश्व महामारी कोरोनभाइरस फैलिनबाट रोक्न सकियोस्। तर घरभित्रै बस्नुपर्दाका केही दुष्प्रभाव छन्। जसले हामीलाई कोरोनाभाइरससँग लड्न कमजोर बनाइरहेका छन्।

मानिसको विकास दिन र रातको २४ घन्टाका हिसाबले भएको हो। 

ब्याक्टेरिया र भाइरस

हाम्रो शरीरभित्र रहेका सिर्केडियन क्लक वा शरीरको जैविक घडी, जुन दिनको उज्यालो र रातको अँध्यारोसँग तामेल बनाएर अगाडि बढिरहेको हुन्छ। दिनमा सूर्यको किरणबाट हामीले भिटामिन डी पाउँछौँ। यो भिटामिन हाम्रो दाँत र हड्डीहरुलाई मजबुत बताउँछ। भिटामिन डीले हाम्रो फोक्सोमा लाग्ने रोगसँग लड्ने क्षमता पनि दह्रो बनाउँछ। 

कुनै संक्रमण हुँदा फोक्सोको भित्री हिस्साबाट पेप्टाइड माथि निस्किन्छन्। जसले ब्याक्टेरिया र भाइरसलाई मारिदिन्छन्। यो पेप्टाइडलाई क्याथेलिसिडिन भनिन्छ। जुन हाम्रो बी र टी इम्युन सेललाई पनि मजबुत बनाउँछन्। 

जो मानिसमा भिटामिन डीको कमी हुन्छ उनीहरुश्वासनीमा भाइरसको इन्फेक्सन हुने सम्भावना बढी हुन्छ। 

भिडामिन डीको कमी

वैज्ञानिकहरु भिटामिन डीको सप्लिमेन्ट लिँदा कोरोनासँग लड्न सहयोग पुग्छ कि पुग्दैन भन्ने विषयमा अध्ययन गरिरहेका छन्। डब्लिनको ट्रिनिटी कलेजका रिसर्चर रोज केनीको अनुसन्धानअनुसार इटली र स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेहरु अधिकांशमा भिटामिन डीको निकै कमी देखिएको थियो। 

जो मानिस घरभित्रै बस्छन् तर बाहिर निस्किँदा सनस्क्रिन लगाउँछन् उनीहरुमा भिटामिन डीको कमी हुन्छ। भिटामिन डीको सप्लिमेन्ट लिनुभन्दा सूर्यको किरण नै फाइदाजनक हुने वैज्ञानिकहरु बताउँछन्। यसले अन्य भाइरको इन्फेक्सनसँग पनि लड्न मद्दत मिल्ने उनीहरुको ठहर छ। 

रोग प्रतिरोधक क्षमता

लकडाउनका कारण मानिसहरु घरबाहिर निस्केका छैनन्। उनीहरुले नियमित व्यायाम पनि गर्न पाएका छैनन्। जस कारण तनाव कम गर्न खासै सहयोग पुगिरहेको छैन। तनाव कम भएमात्र रोग प्रतिरोधक क्षमताले धेरै काम गर्छ। 

यदि तपाइँ पार्क, बगैँचा वा हरियाली भएको ठाउँमा घुमफिर गर्नुहुन्छ भने ब्लड प्रेसर र मुटुको समस्याबाट बच्नुहुन्छ। यसबाट डायबटिजबाट बच्न मद्दत मिल्छ। 

बाहिर घुमफिर गर्दा एक्लोपन पनि हराउँछ। हामी अरु मानिससँगको सम्पर्कमा हुन्छौँ। यसले हामीलाई आराम र कुनै रोग लागेको छ भने छिटै निको हुन मद्दत पुग्छ।

क्यान्सरका कोशिकाहरु

केही रिसर्चमा यो पनि पाइएको छ कि बोटबिरुवा हाम्रो इम्युन सिस्टममा सीधा असर गर्छन्। बोटबिरुवा भएका ठाउँमा धेरै समय बिताउँदा हाम्रो शरीरमा रोग प्रतिरोधक कोशिकाहरु अधिक सक्रिय हुन्छन्। यी कोशिकाहरुले भाइरस र क्यान्सका कोशिकाहरु पत्ता लगाएर मार्न सफल हुन्छन्। 

जापानमा भएको एउटा अध्ययनका अनुसार हरिया बोटबिरुवाबाट हामीले स्वच्छ हावासँगै फाइटोनसाइड्स नामक तत्व पनि प्राप्त गर्छौं। यो तत्वले हाम्रो इम्युन सिस्टमलाई मजबुत बनाउन ठूलो योगदान गरेको हुन्छ। 

शरीरको घडीको बिग्रियो लय

बाहिर घुमफिर गर्दा हाम्रो निद्रामा फरक पर्छ। लकडाउनका कारण घरभित्रै बन्द हुँदा हाम्रो शरीरको घडीको लय बिग्रेको छ। यसले गर्दा हाम्रो निद्रामा नराम्रो असर परेको छ। बिहान अबेरसम्म सुत्नु र अबेर रातिसम्म जागै रहने बानी विकास हुँदा हाम्रो स्वास्थ्यमा असर गरिरहेको छ।

यदि कोही लामो समयसम्म घरबाहिर निस्किँदैन भने उसको शरीरको जैविक घडीको लय बिग्रिन्छ। जो मानिस बिहानै खुला हावा र प्रकाशमा डुल्छन् उनीहरुका निद्रामा खासै असर हुँदैन। जो मानिस बन्द घरमा बिजुलीको उज्यालोमा रहन्छन् उनीहरुको निद्रामा समस्या हुन सक्छ। यसले हाम्रो इम्युन सिस्टम पूर्ण रुपमा तहसनहस पारिदिन्छ।

सामाजिक दूरी

सामाजिक दूरीको पालना गर्दै सूर्यको किरण लिएर स्वस्थ रहनका लागि फाइदा लिनुपर्छ। सूर्यको किरणले हामीलाई कुनै पनि रोगसँग लड्न मद्दत गरिरहेको हुन्छ। गजबको कुरा त सूर्यको किरण ग्रहण गर्न हामीले पैसा तिर्नुपर्दैन। – बीबीसबाट भावानुवादित