काठमाण्डौ । कोभिड १९ संक्रमणका कारण मानिसहरु भौतिक दूरीमा रहनुपर्ने भएपछि विद्युतीय कारोबारमा भने उछालको अवस्था देखिएको छ । 

सुरक्षित कारोबार मानिएको विद्युतीय कारोबारमा सर्वसाधारणहरुको अचाक्ली आकर्षण देखिएको हो । 

कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन लगाएपछिको केही महिनामा विद्युतीय कारोबारका विभिन्न माध्यमहरुमा प्रयोगकर्ताहरुको सहभागिता अपत्यारिलो ढंगले बढेको तथ्यांकमा देखिएको हो । 

नेपाल राष्टबैंकका अनुसार डिजीटल वालेटबाट हुने कारोबार बढेको देखिएको छ । २०७७ बैशाखमा देशभर ४ अर्ब ३३ करोडको कारोबार वालेटबाट भएको थियो । यो आकार असारमा भने बढेर १० अर्ब माथि पुगेको छ । बैशाखमा वालेटबाट ९६ लाख ३९ हजार २२८ वटा कारोबार भएकोमा त्यो बढेर असारमा १ करोड १ लाख ७९ हजार ५ सय ५७ पुगेको छ । 

यो अवधिमा मोवाइल बैंकिंगबाट हुने कारोबार ८ अर्ब ६४ करोडबाट बढेर १८ अर्ब ८३ करोड माथि पुगेको देखिएको छ । 

एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको छ । 

बैशाखको तुलनामा असारमा कुन माध्यमको विद्युतीय कारोबार कुन गतिमा बढ्यो ? हेर्नुहोस् टेबल: