काठमाण्डौ। सम्पूर्ण विश्व कोरोनाको महामारीसँग संघर्ष गरिरहेको बेला दक्षिण एसियाली देशका शिक्षण संस्थाहरु बन्द हुुँदा लगभग ४३ करोड बालबालिकाहरु शिक्षा व्यवस्थाबाट बाहिर हुुने खतरा मडारिन थालेको छ।
युुनाइडेड नेसन्स् चिल्ड्रेन्स् फन्ड अर्थात युुनिसेफद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा कोरोनाको संक्रमण फैलनुु अघि नै यस क्षेत्रका ९ करोड ५० लाख बालबालिका शिक्षाका ज्योतिबाट वञ्चित रहेकोमा अहिले यो संख्या बढेर ४३ करोड नाघेको जनाएको छ। युुनिसेफको रिपोर्टका अनुुसार कोरोनाका कारण बन्द रहेका शिक्षण संस्थाहरुका लागि वैकल्पिक व्यवस्था नगरिए पहिलेदेखि नै शिक्षाबाट वञ्चित रहेका बालबालिबाहरु शिक्षा व्यवस्थामा कहिल्यै फर्किन सक्ने छैनन्।
यसका लागि यस क्षेत्रका सम्बन्धित देशका शिक्षासँग सरोकार राख्ने संस्थाहरुले विद्यार्थीलाई घरैबाट पढ्ने वातावरण बनाउन आवश्यक रहेको रिपोर्टमा उल्लेख गरिएको छ। यसका लागि वैकल्पिक व्यवस्थाहरु जस्तै रेडियो, टेलिभिजन र मोबाइलका माध्यमबाट शिक्षण कार्यलाई निरन्तरता दिन सकिन्छ। यी सुुविधाको पहुँुच नभएका बालबालीकालाई प्रकाशित विषयवस्तुु र सामग्री प्रदान गर्नुुपर्ने रिपोर्टमा उल्लेख छ।
दक्षिण एसियालीका लागि रिजिनल अफिसमा कार्यरत सल्लाहकार जिम आकर्सका अनुुसार अफगानिस्तान र नेपालमा वञ्चित बालबालिकाका लागि सिकाइका सामग्रीको वितरण सुुरु भइसकेको छ।
त्यस्तै बंगलादेशमा रेडियो , टीभी, मोबाइल र इन्टरनेटका माध्यमबाट अधिकतम बालबालिकालाई शिक्षाका विभिन्न क्षेत्रमा अन्तक्रिया र जोड्ने काम भइरहेको छ। यस कार्यमा उनीहरुको अभिभावहरुलाई पनि समावेश गरिएको छ। – एजेन्सी
8 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago