काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले यो वर्षको पहिलो त्रैमासमा ठूलो फाइदा हुने अनुमान गरेको छ।
कोरोनाभाइरसका कारण विश्वका अधिकांश देश लकडाउन गरिएका कारण धेरैजसो घरमै बसेर काम गर्दा सामसुङको क्लाउड डेटा सर्भिसको प्रयोग बढ्नुका साथै मेमोरी चिपको माग पनि निकै भइरहेकोले पहिलो त्रैमासमा ठूलो फाइदा हुने कम्पनीले अनुमान लगाएको हो।
विशेषज्ञहरुको आशंका छ कि ग्राहकको घट्दो मागका कारण सामसुङ कम्पनीको स्मार्टफोन र कन्ज्युमर इलेक्ट्रोनिक बिजनेसलाई ठूलो झट्का लाग्न सक्छ। तर संक्रमणकै कारण मानिसहरु घरभित्रै बस्न बाध्य छन् र उनीहरुको बानीमा परिवर्तन आउँदै विद्युतीय सामग्री प्रयोगमा झुकाव बढिरहेको छ। जसका कारण विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन र मेमोरी चिप बनाउने कम्पनी मुनाफामा जाने अनुमान गरिएको छ।
कोरोनाभाइरसको महामारीका कारण विश्व अर्थव्यवस्था निकै खस्किएको छ।
सामसुङले पनि भी ११ ओभरसिज असेन्ब लाइन सस्पेन्ड गरेको छ। जुन ठूलोस्तरको मन्दीको कारण हुन सक्छ। – एजेन्सी
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago