काठमाण्डौ । सरकारले जारी राखेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

भर्खरै सकिएको मन्त्रीपरिषद बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

पछिल्लो पटक लम्ब्याइएको लकडाउनको अवधि बैशाख २५ गते(भोलि) सकिँदैछ । 

सरकारले लकडाउन खुकुलो बनाउने चर्चाका बीच फेरि अवधि बढाएर जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।