काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले लकडाउन हटाइए बेलायतमा खतरापूर्ण अवस्था आउने सक्ने चेतावनी दिएका छन्।

प्राध्यापक जोन एडमन्डले लकडाउनलाई खुुकुुलो पार्ने राजनीतिक निर्णय भएको बताए। त्यस्तै सर जेमेसी फर्रारले एनएचएसको टेस्ट र ट्रेसिङ प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिराख्नुुपर्ने बताए। 

बेलायतमा सोमबारदेखि स्कुुलहरु खुुल्न गइरहेका छन् भने ६ जनासम्म जम्मा हुुने अनुुमति प्रदान गरिएको छ। बेलायतका अन्य क्षेत्रहरुमा पनि लकडाउनलाई खुुकुुलो पारिँदैछ। 

बेलायत सरकारले भने वैज्ञानिक प्रमाण र डेटाका आधारमा लकडाउन हटाउन लागिएको जनाएको छ। बेलायत सरकारलाई सल्लाह प्रदान गर्नका लागि द साइन्टिफिक एड्भाइजरी गुुप्र अफ इमरजेन्सी समिति गठन गरिएको छ। यो समितिलाई सेज पनि भन्ने गरिन्छ। 

यो समितिले आफ्नो बैठकको प्रतिवेदन सार्वजनिक गरेको छ। २३ अप्रिलमा समितिले बेलायतमा मे महिनाको मध्यबाट दैनिक रुपमा कोरोना संक्रमणका १ हजार केसहरु देखिने अनुुमान लगाएको थियो। तर बेलायतको राष्ट्रिय तथ्यांक विभागको अनुुमानअनुुसार यतिबेला बेलायतमा दैनिक रुपमा करिब ८ हजार नयाँ संक्रमणका घटना अगाडि आइरहेका छन् र यो आँकडामा घरमा र केयर होममा काम गर्नेहरुलाई समावेश गरिएको छैन। 

लन्डन स्कुुल अफ ट्रपिकल हाइजिन एन्ड मेडिटेसनका प्राध्यापक जोन एडमन्डले यो बेला बेलायतमा संक्रमणका घटनाहरु धेरै रहेकाले यस्तो बेला अधिकांश वैज्ञानिकहरु लकडाउन हटाउनुुभन्दा पहिले संक्रमितको संख्या कम भएको हेर्न चाहेको बताए। 

त्यस्तै सेजका सदस्य डा फर्रारले ट्विट गर्दै बेलायतमा यतिबेला कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेकाले अहिले नै लकडाउन हटाउन नहुुने बताए। समितिका अन्य सदस्य वैज्ञानिकहरुले पनि अहिले लकडाउन हटाए अवस्था झनै भयावह हुुने चेतावनी दिएका छन्। उनीहरुले यदि लकडाउन हटाएपछि फेरी कोरोना संक्रमणको गति वृद्धि भए त्यसलाई फेरि नियन्त्रण गर्न धरै समय लाग्न सक्ने बताएका छन्। – एजेन्सी